Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • संसद् भवनको निर्माण समयमै पूरा गर्न प्रयास गर्छु : सहरी विकासमन्त्री सिंह

    संसद् भवनको निर्माण समयमै पूरा गर्न प्रयास गर्छु : सहरी विकासमन्त्री सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 303
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संघीय संसद् भवन निर्माण समयमै पूरा गर्न प्रयास गर्ने बताएका छन् ।

    सिंहदरबारमा सभामुख देवराज घिमिरेलगायतका संघीय संसदका पदाधिकारीहरुसँगको छलफलमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्।



    उनले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताए ।



    सहरी विकासमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरेलाई उपलब्ध गराउने बताए।

    उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार