Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ : प्रधानमन्त्री ओली

    अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् ।

    आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको बताए ।



    प्रधानमन्त्री ओलीले भने, ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’

    करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने उनको भनाई छ ।

    प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार