Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख इन्दिरा विवादमा

    अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख इन्दिरा विवादमा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 588
    SHARES

    काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छिन् ।

    आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।



    डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ।



    आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र अहिले सार्वजनिक भएको हो ।

    रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन् । विशिष्ट व्यक्तिहरुलाई विदेश जानुपरेमा भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ ।

    उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधैँ आफैँ पत्र लेखेकी छिन् । पत्र सार्वजनिक भएसँगै अहिले उनको चर्को आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार