Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति, गाडी र मोटरसाइकल पुरिए

    पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति, गाडी र मोटरसाइकल पुरिए

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 372
    SHARES

    ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

    अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।



    गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटेल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।



    अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।”

    बाढीले बिजुलीको पोल बगाएको छ । पशुचौपाया पहिरोमा परेका छन् । उनले भने, “हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिरोको जोखिम तापेथोक छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार