Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी पाँच प्रदशेमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै बागमती र लुम्बिनी प्रदेशका केही भेगमा शुक्रवार बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

महाशाखाले शुक्रवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा शुक्रवार राति भारी वर्षा हुने पूर्वानुमान छ । शुक्रवार दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077