Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • उपाध्यक्षसहित १८ जनाले गरे भ्रमण खर्चको नाममा आर्थिक अनियमितता, असुल गर्न सिफारिस

    उपाध्यक्षसहित १८ जनाले गरे भ्रमण खर्चको नाममा आर्थिक अनियमितता, असुल गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 1.9K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकामा भ्रमण तथा अवलोकन खर्चको नाममा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले खुलासा गरेको छ ।

    कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० वार्षिक प्रतिवेदनमा चौरपाटी गाउँपालिकाले १८ जनाको भ्रमणका लागि गरेको खर्चमा ऐन तथा नियमावलीले तोकेको भन्दा बढी रकम भुक्तानी गरेको पाइएको हो ।



    सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन, २०७५ र भ्रमण खर्च नियमावली, २०६४ को नियम ७ मा सरकारी कामको सिलसिलामा मुलुकभित्र अर्थात आफ्नो कार्यालय भन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी वा कर्मचारीले तोकिए बमोजिमको दरमा दैनिक भत्ता पाउने उल्लेख छ ।



    पालिकाले १८ जनाको भ्रमण र अवलोकन खर्चमा ६ लाख १४० रुपैयाँ खर्च गरेको देखिन्छ, जसमा गाडी भाडा, फुटकर खर्च र दैनिक भत्ताका विवरण समावेश छन् ।

    तर, महालेखाका अनुसार ऐन तथा नियमावलीले व्यवस्था गरेको भन्दा बढी दरले भुक्तानी गरिएको फुटकर खर्च वापतको रकम एक लाख आठ हजार र स्पष्ट प्रयोजन वा उदेश्यबिना विना स्वीकृत ७ दिनभन्दा बढीको भ्रमण खर्च वापत ६६ हजार गरी जम्मा एक लाख ७४ हजार भुक्तानी गर्नु अनुचित भएको देखिएको छ ।

    महालेखा परीक्षकको कार्यालयले यसरी ऐन र नियमावलीले तोकेका दरभन्दा बढीका खर्चलाई अस्वीकृत गरेको छ र यो रकम सम्बन्धित व्यक्तिहरूबाट असुल गर्नुपर्ने सुझाव दिएको छ । सो रकम अनियमितता गर्नेमा गाउँपालिकाकी उपाध्यक्ष सरदेवि खड्का, वडाध्यक्ष विर वहादुर थापा, रण वहादुर साउद लगायतका जनप्रतिनिधि र कर्मचारीहरु रहेका छन् ।

    हेर्नुहोस् नाम :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार