काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद (डिभोर्स) भएको छ ।
बिहीबार राति हार्दिकले इन्स्टाग्राममार्फत आफूहरूले अलग हुने निर्णय लिएको जानकारी दिएका हुन् ।
उनले अब आफू र नताशा मिलेर छोरा अगत्स्यलाई हरेक खुसी दिने प्रयास गर्ने बताएका छन् ।
उनले लेखेका छन् ‘चार वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय लिएका छौँ ।’
केही दिनदेखि हार्दिक र नताशाको सम्बन्धविच्छेदको चर्चा भइरहेको थियो ।
Leave a Reply