Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बीआरआई अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो : देव गुरुङ

    बीआरआई अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो : देव गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 399
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनामा हस्ताक्षर हुन लागेपछि सरकार परिवर्तन भएको बताएका छन् ।

    काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।



    उनले भने, ‘बीआरआई हस्ताक्षरको चरणमा पुगेपछि सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनुको अघिल्लो दिन लोनसहितको बीआरआई लिन हुँदैन भनेर वक्तव्य सार्वजनिक गरिएको छ । त्यसले के देखाउँछ भने सरकार परिवर्तन हुनुको एउटा फ्याक्ट बीआरआई रहेको कुरा प्रष्ट छ ।’



    महासचिव गुरुङले बीआरआईको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे।

    उनले बीआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरूको सहमति जुटाएर सम्झौता गर्ने तयार भइरहेको बेलामा सरकार परिवर्तन भएको जिकिर गरे ।

    उनले राजनीतिक दलहरुबीच सहमति जुटाएर बीआरआई परियोजनालाई अगाडि बढाउँनुपर्ने पक्षमा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार