काठमाडौं। बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो ।
निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् ।
Leave a Reply