Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • झण्डै चार करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी पक्राउ

    झण्डै चार करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 609
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले एक किलो १०० ग्राम कोकिनसहित अन्तराष्ट्रिय गिरोहका दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरोले ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा भारतीय नागरिक फहिमुद्दीन नसिमुद्दीन अन्सारी र नाईजेरियन नागरिक इकेचुकवा सिरिल ओबोडोइफुला रहेका छन् ।



    इन्डिगो एयरलाइन्समा मुम्बईबाट नेपाल आएका भारतीय नागरिक अन्सारीलाई ब्यूरोले ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागूऔषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएको अवस्थामा पक्राउ गरेको थियो ।

    अन्सारीको साथबाट बरामद गरिएको लागूऔषध कोकिनको तौल १ केजी १०० ग्राम रहेको ब्यूरोले जनाएको छ ।

    अन्सारीले उक्त लागूऔषध कोकिनसहितका जुसका बट्टाहरु काठमाडौं-९ पिङगलास्थान स्थित एक होटलमा बसिरहेका नाईजेरियन नागरिक इकेचुकवा सिरिल ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

    कतार एयरलाईन्सबाट नेपाल आएका ओबोडोइफुलालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त लागूऔषध कोकिनका कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बताएका छन् ।

    बरामद कोकिनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख हुने ब्यूरोको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार