Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १२ माओवादीको मृत्यु

    महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १२ माओवादीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 405
    SHARES

    फाइल तस्विर

    एजेन्सी । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो।

    गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बिचको जंगलमा बुधबार दिउँसो १:३० देखि २ बजेसम्म प्रहरी र माओवादीको बटालियनबिच भिडन्त भएको थियो ।



    भिडन्तमा एक प्रहरीलाई पनि गोली लागेको बताइएको छ । दिउँसो सुरु भएको भिडन्त साँझसम्म जारी रहेको थियो ।



    छत्तीसगढ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबिच ६ घण्टासम्म गोली हानाहान भएको थियो । त्यसपछि उक्त क्षेत्रमा खोजी गरिएको थियो । खोजीका क्रममा हालसम्म १२ माओवादीको शव बरामद भएको छ । यसका अलावा ३ एके ४७ थान, एक कार्बाइन, एक एसएलआरसहित सात वटा स्वचालित हतियार पनि बरामद गरिएको छ ।’

    महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फनाविसले पनि माओवादीसँगको भिडन्तमा १२ नक्सलवादी मारिएको जानकारी दिएका छन् ।

    महाराष्ट्र सरकारको तर्फबाट उनले गडचिरोली प्रहरीलाई ५१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार