Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 441
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ बाट संक्रमित भएका छन्।

    राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्रयाटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेन कोभिडबाट संक्रमित भएका हुन्।



    कोभिड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाब अझै बढ्न सक्ने सम्भावना रहेको छ।



    ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोभिड भ्याक्सिन र बूस्टर लगाइएको छ।

    प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड–१९ सङ्क्रमण भएको थियो।

    बाइडेनले पनि ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको जानकारी दिएका छन्। उनले आफू स्वस्थ नै भएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार