काठमाडौं । नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं। यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली।’
आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ ।