Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • ‘टु टन’ गाडी पल्टिँदा घाइते भएका ३० प्रहरीको अवस्था कस्तो छ ?

    ‘टु टन’ गाडी पल्टिँदा घाइते भएका ३० प्रहरीको अवस्था कस्तो छ ?

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 996
    SHARES

    विराटनगर । विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको छ ।

    मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा थप मद्धतका लागि प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी साँझ ५ः४० बजेतिर दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परेको बा१ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाइते ३० मध्ये ५ जना गम्भीर घाइते देखिएको भएपनि सबैको अवस्था खतरामुक्त रहेका छन् ।

    बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको थियो ।

    घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धेरै घाइतेहरुको डिस्चार्ज भइसकेको छ । गाडीमा ५४ जना प्रहरी सवार रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार