Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसईईको रिटोटलिङ नतिजा प्रकाशित, ५९ जनाले ल्याए ४ जीपीए

    एसईईको रिटोटलिङ नतिजा प्रकाशित, ५९ जनाले ल्याए ४ जीपीए

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 459
    SHARES

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा प्रकाशित गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । हो ।



    बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।



    प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

    त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार