Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • श्रीलङ्काले अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने

    श्रीलङ्काले अर्को वर्षदेखि ई–पासपोर्ट जारी गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 420
    SHARES

    एजेन्सी । श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने भएको छ ।

    २०२५ देखि आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने श्रीलङ्काको अध्यागमन विभागले जनाएका हो ।



    विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।



    यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ ।

    विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ ।

    यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो ।

    सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार