Online Nepal
  • बुधबार, २ असोज २०८१
  • आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपाललाई

    आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपाललाई

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 633
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ ।

    आईसीसीले आज नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई, मेक्सिकोर स्कटल्याण्डलाई आईसीसी डेभलपमेन्ट अवार्ड प्रदान गरेको हो ।



    क्रिकेट खेलको विकासका लागि आईसीसी एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्सहान गर्न आईसीसीले अवार्ड दिने गरेको छ।



    २००२ मा सुरु भएको आईसीसी अवार्ड एसोसिएट देशमा क्रिकेटको विस्तारमा प्रोत्साहन गर्न दिने गरिन्छ। आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर नेपाल क्रिकेट संघ (क्यान) लाई दिने आईसीसीले घोषणा गरेको छ।

    यसअघि नेपालले यहिँ विधामा एसिया क्षेत्रको अवार्ड प्राप्त गरेको थियो। आईसीसीले बुधबार यो विधामा नेपालले ग्लोबल अवार्ड पनि पाएको घोषणा गरेको हो।

    आईसीसीका अनुसार नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा ४ सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ।

    जसका कारण नेपालको क्रिकेट देश र देश बाहिरका दर्शकमाझ प्रचार भएको आईसीसीको भनाइ छ। यस्तै मेक्सिको क्रिकेट संघलाई डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर पुरस्कार दिइएको छ।

    ओमान क्रिकेटले क्रिकेट-फर-हर कार्यक्रमका लागि १००प्रतिशत क्रिकेट महिला क्रिकेट इनिसिएटिभ अफ द इयर पाएको छ।

    नेदरल्यान्ड्सलाई आइसिसी एसोसिएट सदस्य पुरुष प्रदर्शनका लागि उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ। यूएईले एसोसिएट सदस्य महिला वर्ष प्रदर्शनको अवार्ड जितेको छ।

    क्रिकेट स्कटल्यान्डले क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर विधामा पुरस्कार पाएको छ। यस वर्षका विजेता गत अप्रिलमा घोषणा गरिएको क्षेत्रीय पुरस्कार विजेताको लामो सूचीबाट पहिचान गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार