काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटेवार्ता भएको छ ।
आज परराष्ट्रमन्त्री देउवाकै कार्यकक्षमा उनीहरुबीच भेटेवार्ता भएको हो । भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको बताईएको छ।
सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा राजदूत चेनले लेखेका छन्, ‘माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ ।’
राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी पनि भइरहेको जानकारी दिएका छन् ।
यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गरेका थिए ।
Leave a Reply