Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुमेरु सहकारीका कोषाध्यक्ष र सदस्य पक्राउ

    सुमेरु सहकारीका कोषाध्यक्ष र सदस्य पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्था, कालिमाटीका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।



    कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जन गत ३० असारमा पक्राउ परेका हुन् ।



    उनीहरुविरुद्ध ५८ जना सदस्यको १५ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी परेको प्रहरीले जनाएको छ ।

    ललितपुरको सुमेरु सहकारी चलाउने भरत महर्जनकै समूहले सो सहकारी चलाएको थियो ।

    यसमा भरतकी श्रीमती राजमाया महर्जन अध्यक्ष थिइन् । उनी भरतसँगै हाल फरार छन्।

    भरत महर्जन सहकारीको एक अर्ब भन्दा धेरै रकम लिएर हाल बेलायत भागेका छन् ।

    अनुसन्धानमा ढिलाई गरी प्रहरीले नै उनलाई भगाउन सहयोग गरेको थियो ।

    जसकारण हजारौं पीडितहरु हाल समस्यामा छन् ।

    कालिमाटी शाखाबाट मात्रै करिब दुई अर्ब हिनामिना भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार