Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

    कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 399
    SHARES

    नवलपरासी । नवलपरासीमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्।

    नवलपरासी पूर्वको कावासोती नगरपालिका-५ ठकुरीचोकमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका हुन् ।



    उनीहरुबीच झगडा हुँदा छोरा निराजन कुमालले बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो।

    प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो। सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेका थिए।

    ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार