Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

    जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।

    कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो।



    उक्त घटनामा चार जना घाइते भएका छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्।



    हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको जाजरकोट प्रहरीले जनाएको छ ।

    गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार