Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सको पत्रिकाले लेख्यो - राजनीतिक अस्थिरताको विश्व विजेता नेपाल

पेरिस । नेपालमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका 'ले मोन्डे' ले 'राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन' शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

राजनीतिक अस्थिरता ओलम्पिक खेलकुदमा नेपालले पोडियममा शीर्ष स्थान कायम राखेको समाचारमा उल्लेख छ ।

'सोमबार सपथ ग्रहण गरेका ७२ वर्षीय केपी शर्मा ओली सन् २००८ यताको १४औँ सरकार प्रमुख हुनुहुन्छ र सन् १९९० मा संसदीय प्रजातन्त्रको पुनर्स्थापनापछिको ३०औँ सरकार प्रमुख हुनुहुन्छ । यो लगभग नयाँ प्रधानमन्त्री हो,' समाचारमा लेखिएको छ ।

नेपालको पछिल्लो इतिहासमा जति धेरै चीजहरू परिवर्तन हुन्छन्, उति उस्तै रहन्छन् । वैचारिक रूपमा युरोपेली शैलीका सामाजिक लोकतन्त्रसँग नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा नेकपा एमालेका नेता ओलीले सन् २०१५ यता चौथो पटक आफ्नो देशको सरकारको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077