काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।
रियालमा एमबाप्पेले नौ नम्बरको जर्सी लगाउने छन्।
सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेका एम्बाप्पे फ्रि–ट्रान्सफरमार्फत रियाल भित्रिएका थिए।
एम्बाप्पे र रियालबीच पाँच वर्षको सम्झौता भएको छ । रियालले एम्बाप्पलाई पारिश्रमिकबापत प्रति सिजन १ करोड ५० युरो दिनेछ ।
Leave a Reply