Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • यी चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

    यी चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 510
    SHARES

    काठमाडौं । विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन् ।

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।



    कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी/आपूर्तिकर्ताले भाग लिन पाउने छैनन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।



    बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ।

    त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ।

    काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार