Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • युरो कप फाइनलमा हारेपछि इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

    युरो कप फाइनलमा हारेपछि इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 573
    SHARES

    एजेन्सी । इंग्ल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् ।

    युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले राजीनामा दिएका हुन् ।



    सोमबार राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।

    सन् २०१६ मा इङ्गल्यान्ड फुटबल टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् ।

    उनको नेतृत्वमा इङ्गल्यान्ड सन् २०२१ र २०२४ गरी २ पटक युरो कप फुटबलको फाइनलमा, सन् २०१८ को फिफा विश्वकपको सेमिफाइनलमा र सन् २०२२ को फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार