Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सिंहदरबार परिसरमा आज जे देखियो…

    सिंहदरबार परिसरमा आज जे देखियो…

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 420
    SHARES

    काठमाडौं । देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा आज अघि पछिभन्दा बढी चहलपहल देखियो ।

    मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड आज दिनभर जारी रह्यो ।



    नयाँ मन्त्रीहरुलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो ।



    कतिपय नेता तथा कार्यकर्ताले समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गरेका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए । शुभकामना तथा बधाई ज्ञापन गर्नेको भीडसँगै अधिकांश मन्त्रीहरु आज दिनभर माला–खादा लगाउन भ्याइ नभ्याई भए ।

    सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहरदोहर बाक्लो देखिन्थ्यो । सिंहदरबार परिसरमा प्रवेश अनुमति (पास) लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे ।

    नियमित प्रवेश गर्ने कर्मचारीबाहेक आज मन्त्रीहरुलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रह्यो ।

    सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा आज दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।

    गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरुमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ ।

    दक्षिण प्रवेशद्वारमा प्रवेसीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झयालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो । जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए ।

    सिंहदरबारस्थित केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले मुलुकमा केही नयाँ नभएको अनुभूति भएको बताए । नेता तथा कार्यकर्ताको भीड सहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ बढी देखिन्थ्यो । कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाई र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो ।

    आर्शिवाद दिन आएका पाहुँना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाड मछाडमै व्यस्त थिए । कतिपय ठाउँमा खाँदा र मालाको थुप्रो अस्रल देखिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९०३ मा बनाएको सिंहदरबारका भवन बेलाबेलामा भूकम्पका कारण पुनः निर्माण हुँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार