संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको हो।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको हो ।
ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी हुन्।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।
Leave a Reply