Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा जुवा खेल्ने क्रममा विवाद हुँदा एक जनाको हत्या

    सिन्धुलीमा जुवा खेल्ने क्रममा विवाद हुँदा एक जनाको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 357
    SHARES

    फाइल तस्विर

    सिन्धुली । जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ ।

    सिन्धुलीको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको हो ।



    घ्याङलेख गाउँपालिका-२ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



    सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका-२ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    उनको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो ।

    घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका २ को पञ्चसिंह वाइवाको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार