Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • त्रिशूलीमा बेपत्ता २ बस खोज्न अन्तर्राष्ट्रिय विज्ञ ल्याइँदै, अझै ४८ जनाको अवस्था अज्ञात

    त्रिशूलीमा बेपत्ता २ बस खोज्न अन्तर्राष्ट्रिय विज्ञ ल्याइँदै, अझै ४८ जनाको अवस्था अज्ञात

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 630
    SHARES

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ।

    गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले आजै भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए।



    उनले घटना भएको चार दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको जानकारी दिए। गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय सरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ।



    यही असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता छन्।

    उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। आजसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन्। बसको चलानमा उल्लेख भएको र आफन्तबाट प्राप्त जानकारीअनुसार एञ्जल बसमा ३८ र गणपति डिलक्समा २७ जना यात्रु रहेको खुलेको छ।

    आजै नवनियुक्त गृहमन्त्री रमेश लेखकले उक्त घटनाको अध्ययन गर्न एक कार्यदल बनाएका छन्। उक्त कार्यदललाई १० दिनको समय दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार