Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले भने - मिलेर काम गर्न तत्पर छु

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरे ।

साथै उनले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताए ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले आज प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077