Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको पहिलो निर्णय : त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने, ३ सय दिनको समयसीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रिपरिषद्ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहँदा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । त्यसका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077