Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • पूर्वडिएसपीसहित चारविरुद्ध मुद्दा दायर, घुस लिएको स्वीकार

    पूर्वडिएसपीसहित चारविरुद्ध मुद्दा दायर, घुस लिएको स्वीकार

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 543
    SHARES

    काठमाडौ । सुन तस्करीको पैसा हुन्डीबाट भुक्तानीमा सघाएको आरोपमा पक्राउ परेका पेवेल नेपालका सञ्चालकको मुद्दा मिलाइदिने भन्दै डिल गर्ने पूर्वडिएसपी कृष्णप्रसाद (केपी) शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

    सिआइबीमा सेटिङ मिलाउने भन्दै साढे आठ लाख रुपैयाँ उनीहरुले लिएका थिए ।



    सिआइबीले पूर्वडिएसपी शर्मासहित झबिन्द्र खत्री, हरिप्रसाद अर्याल र हिमालप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमध्यृ हरिप्रसाद र हिमाल प्रसाद फरार छन् ।



    उनीहरुले पेवेल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यसँग आढे आठ लाख रुपैयाँ लिएका थिए । तर, पैसा दिएर पनि सिआबीले पक्राउ गरेपछि वास्तविकता बाहिर आएको थियो ।

    लगत्तै सिआइबीले खत्री र शर्मालाई पक्राउ गरेको थियो । बयानको क्रममा पूर्वडिएसपी शर्माले साढे आठ लाख रुपैयाँमध्ये एक लाख २५ हजार रुपैयाँ लिएको स्वीकार गरेका छन् ।

    उनले सिआइबीमा सेटिङ मिलाई राष्ट्र बैंकबाट केस हेर्न लगाई डिसमिस गराउने आश्वासन दिई सिआइबीको प्रहरीको नाममा पैसा लिएका हुन् ।

    त्यस्तै, झबिन्द्र खत्रीले डेढ लाख, हिमाल उपाध्यायले एक लाख २५ हजार र हरि प्रसाद अर्यालले चार लाख ५० हजार लिएको खुलेको छ ।

    यस मुद्दामा सोमबार जिल्ला अदालत, काठमाडौंमा बयान र थुनछेक हुँदैछ ।

    सेवामा रहँदा पनि विवादमा परेका पूर्वडिएसपी शर्मा अपराधीक समूहसँग मिलेर अकुत आर्जन गरेका अधिकृतका रुपमा चिनिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार