Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल दुर्घटना : थप दुई शवको सनाखत, चारको पहिचान हुन बाँकी

    सिमलताल दुर्घटना : थप दुई शवको सनाखत, चारको पहिचान हुन बाँकी

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 348
    SHARES

    काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा आइतबार भेटिएका दुईवटा शवको सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालकाअनुसार एउटा शव भरतपुर–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विकको हो । उनी एन्जल्स डिलक्स चढेर वीरगञ्जबाट काठमाडौं जाँदै थिए ।



    सोही ठाउँमा भेटिएको अर्को शव रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय रहुपा मियाको रहेको पुष्टि भएको छ । मिया गणपति डिलक्स चढेर काठमाडौंबाट गौर जाँदै थिए।



    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार विभिन्न ठाउँमा भेटिएका अन्य चारवटा शवको सनाखत हुन बाँकी छ।

    आइतबारसम्ममा गणपति डिलक्समा चढेका ३ र एन्जल्स डिलक्समा चढेका २ जनाको पहिचान भएको थियो। शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार