Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिकामा कुनै पनि हिंसालाई स्थान छैन, राजनीतिक गतिविधि शान्तिपूर्ण हुनुपर्छ : बाइडेन

    अमेरिकामा कुनै पनि हिंसालाई स्थान छैन, राजनीतिक गतिविधि शान्तिपूर्ण हुनुपर्छ : बाइडेन

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 285
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् ।

    ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार (नेपाली समयअनुसार आज बिहान) सम्बोधन गर्दै बाइडेनले यस्तो आग्रह गरेका हुन् ।



    उनले पेन्सिलभानियाको र्यालीमा शनिबार भएको गोली काण्डले कदम पछाडि हटाउन आग्रह गरे ।



    उनले हिंसा कहिले पनि जवाफ हुन नसक्ने जनाउँदै अमेरिकामा कुनै पनि हिंसालाई स्थान नभएको बताएका छन् ।

    देश राजनीतिक बयानबाजीका कारण तातेको जनाउँदै यसलाई शान्त गर्न सबैमा आग्रह गरेका छन् । राजनीतिक गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्ने समेत बाइडेनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार