Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • छैन पहिरो रोक्ने दीर्घकालीन योजना

    छैन पहिरो रोक्ने दीर्घकालीन योजना

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 231
    SHARES

    फाइल तस्विर

    नारायणगढ । नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

    दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।



    भूगर्भविद डा. रञ्जनकुमार दाहालले नारायणगढ–मुग्लिङ सडकमाथिका पूरै पहाडको पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताए ।



    “अब झारा टार्ने पाराले हैन । एक एक पहाडको पहिरोको जोखिम अध्ययन गरी नियन्त्रणको कार्य तत्काल सुरु गरिनु पर्छ,” उनले भने, “यसअघि सानातिना र एक दुई वटा पहिरो विशेषमा अध्ययन भयो होला तर त्यतिले नपुगेको हरेक वर्षको पहिरो र जनधनको क्षतिले पनि पुष्टि गरेको छ ।” गोरखापत्र दैनिकबनट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार