काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
आइतबार प्रधानमन्त्री नियुक्त ओलीले आज शपथ लिन लागेका हुन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ ।
पौडेलले बिहान ११ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । आजै मन्त्रीहरू पनि नियुक्ति गर्ने तयारी भएको बताइएको छ ।