Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराष्ट्रपति विद्यालाई भेटेर फर्किए प्रधानमन्त्री ओली, के भयो कुराकानी ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

आइतबार बेलुका पूर्वराष्ट्रपति विद्यादेवीलाई भेट्न ओली विद्या निवास चपलीमा पुगेका हुन् ।

भेटमा जिल्ला तहका नेताहरू पनि उपस्थित थिए । भेटघाट गरेर ओली फर्किसकेका छन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

साथै भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् । ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।

तत्कालीन एमाले उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा निर्वाचित भएपछि दलीय आबद्धता त्यागेकी थिइन् । तर पछिल्लो समय उनी राजनीतिमा सक्रिय बन्न लागेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077