Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगे नवनियुक्त प्रधानमन्त्री ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । साथै भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् ।

ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।

तत्कालीन एमाले उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा निर्वाचित भएपछि दलीय आबद्धता त्यागेकी थिइन् । तर पछिल्लो समय उनी राजनीतिमा सक्रिय बन्न लागेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077