Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४ वर्षसम्म कैद

    योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४ वर्षसम्म कैद

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 690
    SHARES

    काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

    अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला भएको हो । उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ ।



    विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको हो ।



    उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो ।

    त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो। बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र जनही ७ करोड ६० लाख रूपैयाँ जरिवाना भएको छ ।

    मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ।

    यस्तै रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनहीी ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ ।

    अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।

    नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार