Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले पठायो सांसदहरुलाई निम्तो

    प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले पठायो सांसदहरुलाई निम्तो

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 807
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ ।

    राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गरेको हो ।



    नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।



    राष्ट्रपति कार्यालका सहसचिव शैलजा रेग्मीले संघीय संसद सचिवालयलाई ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सांसदलाई बिहान १०:३० भित्र राष्ट्रपतिको कार्यालय,शीतल निवास प्रवेश गरिसक्न जानकारी गराउन पत्राचार गरेकी छन्।

    एमाले अध्यक्ष ओली आज अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा आज सकिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्न लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार