Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • प्रहरीलाई रविले भने – मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान गर्नुस्

    प्रहरीलाई रविले भने – मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान गर्नुस्

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 378
    SHARES

    काठमाडौं । कामचलाउ गृहमन्त्री रवि लामिछानेले आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

    गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले प्रहरीसँग यस्तो आग्रह गरेका हुन्।



    उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए।



    आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको गृहमन्त्री लामिछानेको भनाई छ।

    गृहमन्त्री लामिछानेले भने,‘विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन्। उठ्छ, हिजो पनि उठेका हुन् । मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन। तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस्। गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन।’

    आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको गृहमन्त्री लामिछानेले दाबी गरे।

    गृहमन्त्री लामिछानेले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए।

    दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार