Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल पहिरो : ठुलो चुम्बक प्रयोग गर्दै बेपत्ता बसको खोजीमा जुटे सुरक्षाकर्मी

    सिमलताल पहिरो : ठुलो चुम्बक प्रयोग गर्दै बेपत्ता बसको खोजीमा जुटे सुरक्षाकर्मी

    अनलाइन नेपाल
  • आइतबार, ३० असार २०८१
  • 393
    SHARES

    चितवन । पहिरोले त्रिशूली नदीमा खसेको बसलाई तीन दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आज चुम्बकको प्रयोग गरिने भएको छ ।

    अन्य प्रयासबाट खोजी कार्यबाट पत्ता नलागेपछि चुम्बक (म्याग्नेट) को प्रयोग गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जनाएको छ ।



    शनिबार बिहान ८ बजेबाट खोजी गरिएको थियो भने आइतबार बिहान ७ बजेबाट त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यमा नेपाली सेनाको उद्धार टोली, सशस्त्र प्रहरी रहेका छन् ।



    घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस भेटिएको छैन । हिजाृ तीन जनाको शव भने भेटिएको थियो ।

    शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार