Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालगञ्जमा झगडा छुट्याउन गएका युवकको नै हत्या

    नेपालगञ्जमा झगडा छुट्याउन गएका युवकको नै हत्या

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 531
    SHARES

    फाइल तस्विर

    बाँके । गएराति नेपालगञ्जमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ।

    नेपालगञ्ज उपमहानगरपालिका ११ टाँगा स्टेसन नजिक दुई समूहबीच झगडा भइरहँदा छुट्याउन गएका स्थानीय एक युवकको हत्या भएको हो।



    ३० वर्षीय इसाद राई र नेपालगञ्ज उपमहानगरपालिका-९ बाँके गाउँका १९ वर्षीय फैजन अन्सारीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्। फैजनको भने उपचार जारी छ।

    राति ११ बजे सडक छेउमा दुई समूहबीच झगडा भइरहँदा उनीहरू छुट्याउन भनेर भीडभित्र छिरेका थिए। त्यही क्रममा खुकुरी प्रहार भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार