Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ

    धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 300
    SHARES

    सुनसरी । प्रहरीले धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले धरानस्थित १७ वर्षीया किशोरीको डेराबाट लागूऔषध बरामद गरेको हो ।



    पक्राउहरुमा धरान-४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा-३ कागते ठेगाना भएका ४५ वर्षीय चन्द्रध्वज राई र भारत अररिया जोगबनीका २८ वर्षीय रविकुमार सिंह रहेका छन् ।



    १७ वर्षीया किशोरी बस्दै आएको डेराबाट ट्रामाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट र कोलीबन नामको प्रतिबन्धित औषधि फेला परेको हो ।

    नियन्त्रणमा रहेकी १७ वर्षीया किशोरीको पहिचान भने प्रहरीले खुलाएको छैन । जाँचको क्रममा डेराबाट लागूऔषधसहित ७६ हजार नगदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पक्राउ परेकाहरु लागूऔषधको संगठित कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार