ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् ।
आध्यात्मिक महोत्सवको सङ्कल्पसभाको उद्घाटन गर्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
मेयर महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने बताए।
मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिए।
सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मेयर महर्जनको भनाइ छ ।
Leave a Reply