Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • चीन र रुसबीच झानजियाङ शहर नजिकै संयुक्त सैन्य अभ्यास सुरु

    चीन र रुसबीच झानजियाङ शहर नजिकै संयुक्त सैन्य अभ्यास सुरु

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 843
    SHARES

    एजेन्सी । चिनियाँ र रुसी सशस्त्र बलले जुलाईको शुरूमा दक्षिण चीनको झानजियाङ शहर नजिकैको पानी र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यासको शुरूवात गरेका छन् ।

    राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार चीन–रुस वार्षिक सैन्य संलग्नता योजना र द्विपक्षीय सम्झौताअनुसार सञ्चालन गरिएको ‘संयुक्त समुद्री अभ्यास २०२४’ जुलाईको मध्यसम्म चल्नेछ ।



    यसको उद्देश्य समुद्री सुरक्षा खतरालाई संयुक्त रूपमा सम्बोधन गर्ने, विश्वव्यापी र क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने सेनाको सङ्कल्प र क्षमताहरू प्रदर्शन गर्नु रहेको उनको भनाइ छ ।



    संयुक्त सैन्य अभ्यासले नयाँ युगका लागि चीन र रुसको व्यापक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार