Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बस दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत हिजो पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गरे।

उनले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन्।

गएराति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077