काठमाडौँ । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू आजै शीतल निवास जाँदैछन् ।
शुक्रबार राति सवा ९ बजे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेका हुन् । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने छन् ।
ओलीको नेतृत्वमा सरकार गठनका लागि शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।
Leave a Reply