Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पत्रमा देउवाले गरे हस्ताक्षर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ ।

शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको बताइएको छ ।

कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । सो समझदारीअनुसार ओली पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको डेढ वर्ष देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077