Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वासको मत नपाएसँगै ढल्यो प्रचण्ड नेतृत्वको सरकार

    विश्वासको मत नपाएसँगै ढल्यो प्रचण्ड नेतृत्वको सरकार

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ ।

    शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।



    एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।



    २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो ।

    उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।

    प्रचण्डलाई नेकपा माओवादी केन्द्र,रास्वपा र एकीकृत समाजवादी सांसदले मात्रै विश्वासको मत दिए।

    नेपाली कांग्रेस,नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल ,जनता समाजवादी पार्टी ,जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गरे।

    संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले १८ महिनाको अवधिमा आज पाँचौ पटक विश्वासको मत लिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार